बुटवल,२७ मंसिर । रुपन्देहीमा पहिलो पटक युवा उद्यमी सम्मेलनको आयोजना हुने भएको छ ।
नेपाली युवा उद्यमी मंचको आयोजनामा पौष ३ गते
रूपन्देहीको ड्राईभरटोलमा सम्मेलन हुन लागेको हो ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका ड्राइभर टोलस्थित यस.आर होटलमा युवा उद्यमी सम्मेलनको आयोजनाको गरिएको नेपाली युवा उद्यमी मंच रुपन्देहीले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।
सम्मेलनमा करिब १० सफल ब्यवसायी तथा सफल कम्पन्नीहरुको स्टलको प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
देशका विभिन्न भागबाट आकांक्षी उद्यमी तथा स्टार्टअपहरुलाई एक साथमा ल्याउने योजना सहित सम्मेलनको आयोजना गर्न लागिएको मंच रुपन्देहीका अध्यक्ष प्रदिप शाक्यले जानकारी दिए ।
उद्यमीहरुले सामाना गरिरहेका मुद्धाहरु प्रकाश पार्दै बैंकर, लगानीकर्ता,उद्यमी अभिनन्दनकर्ता तथा आकांक्षी उद्यमीहरुलाई जोड्ने गरि सम्मेलनको आयोजना गरिएको उनले बताए । शाक्यले सम्मेलनका मुख्य बक्ता तथा सफल ब्यवसायीले आफ्नो उद्यमी यात्रा र प्रेरणदायी अनुभव सुनाउने भएकाले उद्यम गर्न चाहेकालाई कार्यक्रम फलदायी हुने बिश्वास ब्यक्त गरे ।
सम्मेलनमा करिब ३ सय जनाको देशभरका युवा उद्यमीको सम्मेलन हुन लागेको युवा उद्यमी सम्मेलनका संयोजक सन्देश श्रेष्ठले जानकारी दिए ।
सम्मेलनबाट युवा उद्यमी बिच सम्पर्क विस्तार,नँया उद्यमीलाई प्ररणादायी उद्यमीहरुसँग जोड्ने, प्रतिस्प्रधी ब्यवसायको पहिचान अर्थत्रन्का महत्वपूर्ण क्षेत्रहरुको जानकारी र उद्यमी हुन खोज्नेहरुलाई ब्यवसाय शुरुबाट गर्न सुसजित गर्न सकिने आयोजकले बताएको छ । सम्मेलनमा भाग लिनको लागि अनलाईनबाट रजिष्ट्रेशन गरिएको संयोजक श्रेष्ठले बताए ।
कार्यक्रममा लोटस होल्डिंग्सका संस्थापक अजित विक्रम शाह ,ई–सेवाका अध्यक्ष अस्गर अलि, टुटलका संस्थापक सिक्षित भट्ट, कारखानाका संस्थापक पवित्रा गौतम, कृषि बिज्ञ राजेन्द्र देवकोटा लगायतले आफ्नो प्रेरणादायी कथा प्रस्तुत हुने आयोजकले जानकारी दिएको छ । युवा उद्यमी सम्मेलन काठमाडौमा २०६८ सालमा आयोजना भएको थियो ।
यस किसिमको कार्यक्रम काठमाडौ उपत्यका बाहिर पहिलो पटक रुपन्देहीमा हुन लागेको आयोजकले जनाएका छन् ।






