काठमाण्डौ,२७ मंसिर ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भइरहेको मतदानको समय राति ९ बजेसम्म थप गरिएको छ ।

आज बिहान ८ बजे मतदान सुरु गर्ने भनिए पनि निकै ढिला गरी पौने १२ बजेतिर बाट सुरु भएको थियो ।
मतदानको समय राति ९ बजेसम्मका लागि थप गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोलालकृष्ण घिमिरेले जानकारी दिए ।
१४ औँ महाधिवेशनका लागि अहिले दिउँसो साढे ४ बजेसम्म एक हजार ९९३ मत मात्रै खसेको छ ।
महाधिवेशनमा १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।



