काठमाडौं,२७ मंसिर ।
नेपालमा सोमबार थप ३४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र २ हजार ८२० जनाको एन्टीजेन परीक्षण गर्दा २८ जना गरी ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ३४५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३७६ जना कोरोना संक्रमित निको भएका छन भने ३ जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ८ लाख ७ हजार १५४ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ५५७ जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ रहेको छ । जसमध्ये ५ हजार ५०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये १२६ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।