बुटवल,२७ मंसिर ।
बुटवलको कालिकानगरमा युरोपियन लिडिङ्ग ब्राण्डको स्क्याडो गाडीको सोरुम र वर्कशप सञ्चालनमा आएको छ ।
आयतकर्ता एम.ए.डब्लु इन्टरप्रचाइजले सोमबार एक कार्यक्रमका बिच बुटवलमा नयाँ सोरुम र वर्कशपको सुरुवात गरेको हो ।
सोरुमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाहीले काठमाण्डौंमा मात्र बजार बनाएको स्क्याडोले उपत्यका बाहिर पनि बजार स्थापित गर्न सफल हुने बिश्वास ब्यक्त गरे।
लुम्बिनी प्रदेशमा स्क्याडोले राम्रो बजार पाउने बताउँदै उनले अब नेपालमा नै गाडी बनाउने उद्योगको स्थापनाको आवश्यकतामा जोड दिए । नेपालमा नै विद्युती गाडी उत्पादनको लागि आग्रह गर्दै मन्त्री शाहीले त्यसका लागि केन्द्र र प्रदेश सरकारले विशेष सहयोग गर्ने बताए ।
एम.ए.डब्लु ईन्टरप्राइजका कार्यकारी निर्देशक रौनक अग्रवालले स्क्याडोको डिलर नेटवर्क देशभर स्थापना गराई सुलभ रुपमा ग्राहकहरुलाई युरोपियन कारको सहज पहुँच पु¥याउने प्रतिबद्धता जनाए । उनले पश्चिम नेपालको बुटवलमा पहिलो पटक सोरुम र वर्कशप सञ्चालनमा ल्याईएको बताए । सोरुमका सञ्चालक दिनेश श्रेष्ठले गाडीको सोरुमसँगै वर्कसप पनि सञ्चालनमा ल्याएको जानकारी दिए ।
बुटवलमा आधिकारिक डिलर रोडवेज लाइफस्टाइनले दुई दिने कार्यक्रम गर्दै ग्राहकवर्गमा विशेष योजना ल्याएको उँहाले जानकारी दिए । कार बुकिङ्ग गर्ने ग्राहकलई आकर्षक नगद छुट,एक वर्षको सवारी कर छुट, निःशूल्क बीमा,टेष्ट ड्राइभरमा आकर्षक उपहार,एक्स्चेन्ज बोनस, रिफ्रेसमन्ट तथा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिने सोरुमका अर्का सञ्चालक दिपक श्रेष्ठले बताए ।
स्क्याडो गाडीको पोखरा, नारायणगढ, बिराटनगर , विरगञ्ज, बिर्तामोड , जनकपुर, धनगढी र काठमाडौंमा डिलर रहेको छ । नेपालमा २०६४ सालदेखि स्क्याडोको गाडी उपलब्ध हुँदै आएको छ ।






