काठमाण्डौ,२६ मंसिर ।
नेपालमा आइतबार थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी आठ हजार ६८२ जनाको नमुना परीक्षण गर्दा दुई दशमलव ९२ प्रतिशत अर्थात् २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख २४ हजार २२२ जनामा र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार सात सय ८२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २३४ जना कोरोना संक्रमित निको भएका छन भने एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म आठ लाख ६ हजार ७७८ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ५५४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल नेपालमा पाँच हजार ८९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा ६९ हजार पाँच सय ८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।






