काठमाडौं,२६ मंसिर ।
नेपाली कांग्रेसको सभापतिका उम्मेदवार डाः शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमै चुनाब जित्ने दाबी गरेका छन ।

१४औँ महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्म्दवारी दिएका कोइरालाले आइतबार नेता कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा आफ्नो समूहमा सक्षम र योग्य उम्म्दवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित हासिल गर्ने बताएका हुन् ।

उनले विपीले परिकल्पना गरे जस्तो र शुवर्ण शम्सेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, सुशील कोइरालाले सपना देखेअनुसारको पार्टी बनाउन आफ्नो टिम सक्षम रहेको दाबी गरे ।

कांग्रेसमा आबश्यक रुपान्तरण गर्न आफ्नो टिम सक्षम रहेकाले पनि आफूहरुको जित सुनिश्चित रहेको उनले बताए । ऊर्जा र अनुभवसहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न उनले कार्यकर्तालाई आग्रहसमेत गरे ।