काठमाण्डौं,२६ मंसिर ।
कपिलबस्तुका नेता अकिल मियाँ यति बेला काठमाण्डौंमा भोट माग्न ब्यस्त छन ।
३० वर्षदेखि जिल्लामा रहेर नेपाली कांग्रेसको राजनीतिकमा सक्रिय रहेका मिया अहिले केन्द्रीय राजनीतिक तर्फको यात्रा अघि बढाएका हुन ।
शनिबार उम्मेदवारी दर्ता गरेपछि मियाँ भोट माग्न ब्यस्त देखिन्छन । कांग्रेसको १४ औं महाधिवेशनमा उनि महाधिवेशन प्रतिनिधि हुँदै अहिले मुस्लिम तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिएका हुन ।
जिल्लामा पुर्व क्षेत्रीय सभापति समेत रहेका मियाँ वरिष्ठ नेता रामचन्द्र पौडेल समुहका मानिन्छन । अहिले शेखर कोईरालाको पक्षबाट मियाले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता गरेपछि मियाँ महाधिवेशन प्रतिनिधिहरुसँग भेटेर आफ्नो एजेण्डा प्रस्तुत गर्दै, भोट माग्न ब्यस्त छन ।
सानै उमेरवाट राजनितिक यात्रा सुरु गरेका उनि जिल्लामा सधैं चर्चामा रहँदै आएका पात्र हुन । राजनीतिक मात्र होईन उनि सामाजिक क्षेत्रमा पनि संक्रिय भूमिका रहँदा आम कपिलबस्तु बासीको मन जित्न सफल भए ।

जनता र पार्टीको मन जित्दै जिल्लामा कांग्रेसको सगठन बलियो बनाउँदै आएका उनि युवाहरुको माझ बढि लोकप्रिय छन । कपिलवस्तुको कृष्णनगर बस्ने मियाँ आफुलाई महाधिवेशन प्रतिनिधिहरुले विजयी बनाउने विश्वास राख्छन ।
गुट उपगुट अन्त्य गरेर एउटा सिंगो कांग्रेस पार्टी निर्माण गर्ने अभियान स्वरुप आफुले उम्मेदवारी दिएको बताउँदै उनले त्यसका लागि आफुलाई केन्द्रीय सदस्यमा जिताउन महाअधिवेशन प्रतिनिधिहरुसँग अपिल गरेका छन ।
लामो समयदेखि कपिलवस्तु लगायत अन्य जिल्लाका नेता कार्यक्रतासँग राम्रो सम्वन्ध बनाएका मियाले देशमा कांग्रेसका एजेण्डाहरु स्थापित गराउँदै आगामि निर्वाचनमा होमिनुपर्नेमा जोड दिए ।
प्रभावशालि नेता मियाँले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएपछि नेपाली कांग्रेस पार्टीका कार्यकर्ताहरुसँगै जिल्ला वासि उत्साहित छन ।