काठमाडौं,२४ मंसिर ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनेकै दिनदेखि नेपाली जनताले तानाशाही शासनबाट मुक्ति पाएको बताएका छन् । पार्टीको १४ औ अधिवेशनको उदघाटनसत्रलाई सम्बोधन गर्दै आफुले नेतृत्व गरेको सरकार बनेकै दिनबाट नेपालले ओलीकाे तानाशाही शासनबाट मुक्ति पाएको दाबी गरे ।

उनले आफुले सरकारको नेतृत्व गर्नु अघि नेपालमा डरत्रास र संत्रासको वातावरण रहेको स्मरण गर्दै ओलीको शासन अन्त्य भएको दिन नेपालीले मुक्ति पाएको अनुभूति गरेको बताए । ‘जुन दिन मेरो सरकार बन्यो, त्यस अघि डरत्रास र संत्रासको वातावरण थियो । आफ्नो नेतृत्वको सरकारबाट मुक्ति पाएको अनुभूति जनताले गरे ।’ उनले भने । उनले ओलीको शासनबाट पाएकाे मुक्तिकाे रक्षा गर्ने जिम्मेवारी आफुमा रहेको दाबी गर्दै नेपाली जनतालाई तानाशाही शासनबाट मुक्ति दिलाउनका लागि एक पटक आफुलाई जिताउन समेत कार्यकर्तालाई आह्वान गरे ।

अब आउने सरकार पनि कांग्रेसको बनाउने भन्दै उनले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे । उनले भने, ‘मलाई एक पल्ट जिताइदिनुस् ।’ उनले आफुलाई जिताए स्थानीयतहको निर्वाचनमा पनि काँग्रेसले जित्ने दाबी गरे ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने इच्छा भए पार्टी खोलेर आउन सुझाव दिएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गदै अध्यक्ष नेपालले नेपाली राजनीतिमा राम्रो सङ्केत नदेखिएको भन्दै राजनीतिमा कालो बादल मडारिरहेको बताए ।

‘म नेपालको राजनीतिमा राम्रो सङ्केत देखिरहेको छैन । राजनीतिमा कालो बादल मडारिरहेको छ ।’ उनले भने । नेपालले प्रतिगामी तत्त्वहरूलाई टाउको उठाउने दुस्साहस नगर्न र नेपालमा पुन राजतन्त्र फर्कन नसक्ने दाबी समेत गरे । ‘प्रतिगामी तत्त्वहरूलाई भन्न चाहन्छु–फेरि टाउको उठाउने दुस्साहस नगर्नुस् । फेरि नेपालमा राजतन्त्र फर्कन सक्दैन । नेपाली जनता ज्वालमुखीझैँ विस्फोटमा जाग्ने छन्’, नेता नेपालले भने,-‘राजाले पनि पार्टी खोले हुन्छ । नत्र व्यापार गरे हुन्छ ।’ उनले नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्ने र लोकतन्त्रलाई सुदृढ गर्ने बताए ।

उनले अहिले पनि शोषण, दमन र अत्याचार कायम रहेको उल्लेख गर्दै दलहरुको सहकार्य र सहमतिबाट ती विकृतिहरुलाई हटाउन आवश्यक रहेको बताए । लोकतन्त्रका लागि दलहरुका बीच हातेमालो भएको स्मरण गर्दै सत्ता प्राप्त गर्नु मात्र परिवर्तनको लक्ष्य नभएको स्पष्ट पारे ।उनले सामाजिक रुपान्तरणको लडाँई बाँकी रहेको भन्दै उपलब्धीहरुको रक्षा गर्दै सामाजिक रुपान्तरणमा लाग्न दलहरुलाई आग्रह गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले आफ्नो नेपाली काँग्रेससँग शान्ति सम्झौताको मात्र सम्बन्धमा कायम नरहेको बताए । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले शान्ति सम्झौता पछि पनि सहकार्य र सहमतिको यात्रा तय गर्न आवश्यकता रहेको बताए । उनले शान्ति सम्झौता पछि भएको आन्दोलनले प्राप्त लोकतन्त्रको उपलब्धी रक्षा गर्न सबैले सहकार्य गर्न आवश्यक रहेको बताए

एमाले अध्यक्ष केपी ओली तर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले नेपाली राजनीतिमा एक्लै हिँड्ने प्रबृत्ति देखिएको उल्लेख गरे । उनले आन्तरिक प्रतिस्पर्धा भएपनि साझा लक्ष्यका साथ प्राप्त उपलब्धी रक्षाका लागि साथ साथमा हिँडन आवश्यक रहेको बताउँदै एक्लै हिँड्ने अहँकारले ओरालो लाग्ने ठोकुवा गरे ।

सत्तामा पुगेपछि दलहरुमा सत्ता लिप्सा र मनोगत र अहंकार आउनुको कारण दाजिन जरुरी रहेको बताउँँदै प्रचण्डले त्यस प्रबृत्तिको संस्लेषण गरेर त्यसको कारण खोज्न जरुरी रहेको बताए । देहमा असहज अवस्था आउने होकी भन्ने खतराहरु देखिएको उनले बताए ।

प्रचण्डले सहकार्यको संस्कार अनुसार एकले अर्कालाई प्रधानमन्त्री बनाएका कारण नेपालमा पूर्व प्रधानमन्त्रीको संख्या धेरै भएको बताए । नेपालमा पूर्व प्रधानमन्त्रीको संख्या धेरै भए पनि यी सबैले एकले अर्कालाई प्रधानमन्त्री बनाएको बताएका छन् ।