बुटवल,२४ मंसिर ।
बुटवलमा आजदेखि प्रथम मेयर कप जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको आज एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रदेव भारतीले उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत भारतीले यस्ता खालका प्रतियोगिताले खेलकुदको माध्यमबाट पनि बुटवललाई चिनाउन थप मद्दत पुग्ने बिश्वास ब्यक्त गरे ।

बुटवल तेक्वान्दो ब्ल्याक बेल्ट कमिटि, अध्यक्ष नबिन कुमार रानाको सभापतित्वमा सम्पन्न प्रतियोगिता उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष तेज प्रसाद सेञ्चुरी, कार्यक्रम सम्योजक नयन जीएम,सचिब चन्द्रकान्त आचार्य लगायतले आ आफ्नो भनाई राखेका थिए ।

जिल्लाका ३० डोजाङ तथा विद्यालयका ४४८ जनाको सहभागिता रहेको प्रतियोगिता भोली शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत ५७ स्वर्ण,५७ रजत र ८२ कास्य पदकाका लागि प्रतिष्पर्धा हुँदै छ ।