बुटवल,१९ बैशाख ।
नेपाली कांग्रेसकाे जरा अभियान अन्तर्गत शनिबार बुटवलमा कानुन व्यवसायीहरूसँगकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल डेमोक्रेटिक लयर्स एशाेसिएशन बुटवलका अध्यक्ष खडानन्द भण्डारीकाे अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गाेपाल सिंहकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जरा अभियान मार्फत नेपाली कांग्रेस आफ्नै खुट्टामा उभिने प्रयास गरेकोले सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जाेड दिए ।

पछिल्लो समय पुराना सबै दल खराब हुन् भन्ने भास्य निर्माण गरिएको र बिगतका सरकारहरूले जनताको अपेक्षा अनुसार डेलिभरी दिन नसकेको असन्तुष्टिका कारण जनता नयाँ दलतर्फ आकर्षित भए पनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ का क्षेत्रीय सभापति प्रजापाल गिरी,नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति समेत रहेका बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, क्षेत्रीय सचिव बिमलराज भट्टराई, बरिस्ठ अधिवक्ता कालिदाश शर्मा, नेपाल डेमोक्रेटिक लयर्स एशाेसिएशन बुटवलका पुर्व अध्यक्ष गाेकर्णसिं थापा,शालिकराम बन्जाडे,नन्दराम भण्डारी,अधिवक्ता राजन नेपाललगायतले मुलुककाे बर्तमान अवस्था, नेपाली कांग्रेसले सञ्चालन गरेको जरा अभियान बारे आ आफ्नो भनाइ राखेका थिए ।