काठमाडौं,२३ मंसिर ।
नेपाली कांग्रेसको केन्द्रीय समितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ ।

आज सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गर्ने प्रतिवेदनलाई पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिए ।

बर्तमान केन्द्रीय समितिको अन्तिम बैठकको रुपमा लिइएको सो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुको भने उपस्थित थिएनन् ।

उनिहरुले बैठक बहिस्कार गरेको बताइएको छ ।

कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु हुँदै छ ।