फाइल फोटो
काठमाडौ,२३ मंसिर ।
महाधिवेशनको पूर्व सन्ध्यामा नेपाली काँग्रेसको अन्तिम केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बिहीबार बिहान साढे १० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बस्न लागेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको सहभागीता रहने जनाइएको छ । शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनको अघिल्लो दिन काँग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो । आगामी महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनः नेतृत्वका लागि चुनाव लड्दैछन् । संस्थापन इतरबाट भने सभापतिका साझा उम्मेदवारको तय भइसकेको छैन ।





