काठमाडौं,२२ मंसिर ।
नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहबाट सभापतिको साझा उम्मेदवार केन्द्रीय सदस्यहरुले टुंगो लगाउने भएका छन् ।
सभापतिको साझा उम्मेदवार छनौट गर्न बुधबार बसेको पौडेल पक्षीय प्रदेश सभापति,सभापतिका उम्मेदवार,जिल्ला सभापति र सभापतिका उम्मेदवार सहितको बैठकमा नेताहरुबीच सहमति जुट्न नसकेपछि भोलि सभापतिका आकांक्षीहरु बाहेक केन्द्रीय सदस्यहरुको बैठक बस्ने र विकल्प सुझाउने नेताहरुले बताएका छन् ।
सभापतिका आकांक्षी महामन्त्री डा. शशांक कोइरालाले तीन नेताबीच सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका छन् भने वरिष्ठ नेता पौडेलले आकांक्षीद्वय प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भए आफूले पनि स्वीकार गर्ने बताएका छन् ।
नभएको अवस्थामा आफ्नो नेतृत्वमा सहमति हुनुपर्ने उनको अडान छ ।
तर सिंह र कोइराला सभापतिको दाबी छाड्न तयार छैनन् । बुधबार भएको छलफलमा पनि सिंहले आफ्नो नेतृत्वमा सहमति हुनुपर्ने तर्क गरेका थिए । अरुले भने सहमति खोजौं भनेको केन्द्रस्य सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।
उनका अनुसार अब भोलि सभापतिका आकांक्षी चार नेता बाहेक केन्द्रीय सदस्यहरुको बैठक बस्ने र विकल्प सुझाउने छ ।





