बुटवल, २१ मंसिर ।
लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघको नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान गरौं जिवन बचाऔं भन्ने मुल नारालाई आत्मसात गर्दै नियमित रुपमा रक्तदान गर्दै आएको सो संघको आयोजनामा भएको रक्तदानमा २९ जनाले रक्तदान गरेको संघले जनाएको छ ।

खासगरि सवारी दुर्घटनामा परेका घाईतेहरुको लागि अधिक रगतको आवश्यक पर्ने भएकोले रगतको अभाव हुन नदिन र जिवन बचाउन रक्तदान कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।

कार्यक्रममा संघका अघ्यक्ष दिनेश थापा, सचिव रबिन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष नविन पौडेल, सहसचिव सुन्दर थापामगर, पत्रकार मिना ढकाल लगाएतले रक्तदानको महत्व बारे चर्चा गरेका थिए ।