काठमाण्डौ,२१ मंसिर ।
नेपालमा मंगलबार थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ८१० जनाको नमुना परीक्षण गर्दा ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३०४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा आठ लाख पाँच हजार २०५ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हाल निको हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै सोही अवधिमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ५४५ पुगेको जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको छ ।

हाल पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा काठमाण्डौ र ललितपुर रहेका छन् । दुई सयभन्दा बढी संक्रमित भएका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, पूर्व नवलपरासी, बाँके र कैलाली छन् । यस्तै शून्य संक्रमित भएका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, सल्यान र मुगु रहेका छन् । सक्रिय संक्रमितमध्ये ६ हजार १३ जना होम आइसोलेशनमा, तीन सय ३९ जना संस्थागत आइसोलेशनमा रहेका छन् । जसमध्ये एक सय २३ आईसीयूमा र ३० जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप एक लाख २७ हजार सात सय ५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा अहिलेसम्म एक करोड पाँच लाख चार हजार सात सय ६४ जनाले खोपको पहिलो मात्रा र ८७ लाख ८० हजार चार सय ३३ जनाले पूर्ण मात्रा लगाएको मन्त्रालयले जनाएको छ ।