काठमाडौ,२० मंसिर । नेपालमा साेमबार थप २६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार १ सय १४ जनाको पीसीआर परीक्षण गर्दा २३८ जना र १ हजार ५ सय ३३ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ४४९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३५७ जना संक्रमित निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ भने ८ लाख ४ हजार ९०१ जना निकाे भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ जना रहेका छन् । जसमध्ये ६ हजार ६२ जना होम आइसोलेसनमा रहेका छन् भने ३२४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १४४ जना आईसीयू र ३२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।






