बुटवल,२० मंसिर ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा डा.अलविरा खान बिजयी भएकी छन् ।उनले ८८१ मत सहित पौडेलसमुहबाट सदस्यमा निर्बाचित भइन् । उनी मुस्लिम समुदायबाट प्रदेश सदस्य बनेकी हुन् ।
‘पिछडिएको समुदायको आवाज उठाउँन मैले राजनीति रोजेको बताउने उनी कपिलवस्तु-३ को प्रदेश सभा ख बाट प्रतिनिधि भएर उनी लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बनेकी थिइन् ।
१८ वर्षको उमेरमा कांग्रेसको क्रियाशिल सदस्यता लिएकाे बताउदै उनलेे २४ वर्पकाे उमेरमा प्रदेश सदस्यमा विजयी गराउने सबैलाई धन्यवाद दिइन् । एमबीबीएस सकेर एमडी गर्न लागेकी अलविराले समाज रुपान्तरणमा अगाडि बढ्ने दृढता ब्यक्त गरिन् । उनका बाबु अंकित ३० वर्षदेखि कांग्रसको क्रियाशिल सदस्य हुन् । पूर्वक्षेत्रीय सभापति रहेका अंकित अहिले महाधिवेशन प्रतिनिधि छन् ।
चिकित्सक रहेकी उनी आफू बिरामीको उपचारमै केन्द्रित हुने र सँगसँगै राजनीतिलाई पनि अगाडि बढाउने उनले बताउँछिन् ।बंगालादेश ढाकाबाट एमबिबिएस गरेकी उनी अहिले एमडि गर्ने तयारीमा रहेको उनका काका जमिल खाँनले बताए ।
मुस्लिम समुदायका नारीहरू बुर्का फाल्न नसकिरहेका बेला उनले भने राजनीतिमा लागेर समाजसेवा गर्ने अठोट रहेको बताइन् । संस्थापन इतर समूह (रामचन्द्र पौडेल समुह ) का सभापतिमा अमरिसंह पुन मगरको प्यानलले जितेको छ ।





