काठमाण्डौं,१९ मंसिर ।
नेपालमा आइतबार थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९९५ जनाको पीसीआर परीक्षण गर्दा २०० जना र २ हजार ७५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना गरी २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार १८४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना ४३६ जना कोरोना संक्रमित निको भएका छन भने १ जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ८ लाख ४ हजार ५४४ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ५४१ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ जना रहेका छन् । जसमध्ये ६ हजार १६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १०७ जना आईसीयू र २८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।