बुटवल, १९ मंसिर ।
बुटवलमा सञ्चालित सिरसिरे बचत तथा ऋण सहकारी संस्था र तिलोत्तमा नगरपालिका वडा नम्बर १ शंकरनगरमा संचालित सुमेरु बचत तथा ऋण सहकारी संस्थामा नयां नेतृत्व चएन भएको छ ।

सिरसिरे बचत तथा ऋण सहकारीको एघारौं साधारण सभा तथा चौथौ अधिवेशनले गोविन्द सुवेदीको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा रामकृष्ण शर्मा, सचिव टेकराज शर्मा, कोषाध्यक्ष शिवलाल पौडेल रहेका छन् । त्यस्तै सदस्यहरुमा मञ्जु कंडेल, दीवक वस्याल र विष्णु पन्थ सर्वसम्वत रुपमा चयन भएका छन ।
यस अघि अध्यक्ष बाबुराम गौतमको अध्यक्षता र सचिव रामकृष्ण शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।
त्यस अवसरमा बोल्दै सहकारी अभियन्ता डाक्टर खगराज शर्माले सहकारीहरुले राज्यको कानुन पालना गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर १ शंकरनगरमा संचालित सुमेरु बचत तथा ऋण सहकारी संस्थाको छैठौ अधिबेशनवाट नित्यानन्द ज्ञवालीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन भएको निर्वाचन समितिका संयोजक अर्जुन ज्ञवालीले जानकारी दिए ।
समितिको उपाध्यक्षमा लोकनाथ ज्ञवाली, सचिवमा यज्ञ ज्ञवाली, कोषाध्यक्षमा आत्माराम पन्थी, र सह सचिवमा विन्दु देवि भण्डारी चयन भएका छन् ।
समितिको सदस्यमा हेम बहादुर थापा, गोमा गैरे ज्ञवाली, रुक्मागत पोखरेल , राजु ज्ञवाली, रुद्र प्रसाद ज्ञवाली, तारापति ज्ञवाली, सरस्वती ज्ञवाली र सुरेश ज्ञवाली रहेका छन् ।
संहकारीका अध्यक्ष त्रिलोचन ज्ञवालीको अध्यक्षतामा कार्यक्रम भएको थियो । नव निर्वाचितहरुलाई एक कार्यक्रमका बीच पद हस्तान्तरण तथा प्रमाणपत्र प्रदान गरिएको छ ।






