बुटवल,१९ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले उपप्रमुख जगेश्वरदेवि चौधरीलाई चुनौंती दिएका छन ।
दायित्व संस्थाले तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा सञ्चालन गरेको आर्थिक सुशासनका लागि नेतृत्व परियोजना अन्तर्गत तिलोत्तमा नगर प्रमुख घिमिरेले उपप्रमुख जगेश्वरदेवी चौधरीलाई उद्यमी बनाउन चुनौंती दिएका हुन ।
उक्त कार्यक्रममा १ सय दिने अभियानमा यूवा रोजगारीलाई केन्द्रमा रोखेर आर.आर.आई टोलीको गठन गरेको छ । संयोजक चौधरीलाई चुनौंती पत्र दिँदै घिमिरले आर.आर. आई. टोलीले युवा उद्यमीहरुको क्षमता बृद्धि मार्फत युवा रोजगारी प्रबद्र्धनको लागि आग्रह गरे ।
नगरपालिकाले आर्थिक सुशानका लागि नेतृत्व कार्यक्रम महत्वपूर्ण सावित भएको बताउँदै दु्रत परिणाम पहल(आर.आर.आई ) टोली नगरपालिकामा गठन गरेको बताए ।
चुनाैतीपत्र बुझ्दै र चुनौंतीलाई स्वीकार गर्दै चौधरीले हस्तकला सम्बन्धि तालिम प्राप्त ६० युवामध्ये ५० प्रतिशतलाई फाल्गुण २७ गते सम्म दर्तावाला यूवा उद्यमी बनाउने प्रतिबद्धता जनाईन । युवालाई नगरमा नै उद्यमी बनाउनको लागि नगरपालिकाले तालिम सञ्चालन गर्दै आएको उनले बताईन ।
आर.आर.आई टोलीको संयोजकमा चौधरी सहितनगर प्रवक्ता सुरेन्द्र श्री,राधाशाही, दिवाकर ढकाल,युवराजन्यौपाने, झविन्द्र भण्डारी,रमेश बस्याल लगायतको उपस्थिति रहेको थियो । कार्यशालमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदीप पौडेलले दु्रत परिणाम पहल कार्यक्रमले नगरमा युवा उद्यमीहरुको क्षमता बृद्धि गर्न मद्धत पुग्ने बताए ।
कार्यशालामा दायित्वका लुम्बिनी संयोजक कमल थापा , परियोजना संयोजक सलिना भट्टराईले सहजीकरण गरेका थिए । आगामी कार्यशाला सुनवल नगरपालिकामा मंसिर २० गते र मुसिकोट नगरपालिकामा मंसिर २६ गते हुने संयोजक भट्टराईले जानकारी दिइन् ।






