काठमाडौं,१८ मंसिर ।
नेपालमा शनिबार थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार २ सय ९५ जनाको पिसिआर परीक्षण गर्दा २ सय २० र १ हजार ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी २ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ३ सय ९२ जना कोरोना संक्रमित निको भएका छन भने ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४४ रहेको छ । तीमध्ये १ सय ६ जनाको आइसियु र ३२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।