बुटवल,१७ मंसिर ।

नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २४६ जना संक्रमित थपिएका हुन्।

२४ घण्टामा ७ हजार ८३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।६ हजार ४०० जनाको पिसिआर परीक्षण र १४३६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।नेपालमा हाल ६ हजार ९२१ जना सक्रिय संक्रमित छन्।

३४७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।काठमाडौं उपत्यकामा ९३ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५, ललितपुरमा २९ र भक्तपुरमा ९ संक्रमित छन्।यस्तै, काठमाडौं उपत्यकामा १७१६ सक्रिय संक्रमित छन्। काठमाडौंमा ६४१, भक्तपुरमा ४८५ र ललितपुरमा ५९० सक्रिय संक्रमित छन्।