काठमाण्डौ,१५ मंसिर ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न छ वटा अध्यादेश जारी गरेकी छन् ।
नेपालको संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले विभिन्न अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा जनाइएको छ ।
जारी अध्यादेशहरुमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश–२०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ र रेल्वे अध्यादेश–२०७८ रहेका छन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी अध्यादेश संसद्ले अनुमोदन नगर्दा निष्क्रिय भएका थिए ।




