बुटवल,१४ मंसिर ।
कामना सेवा बिकास बैंकको बुटवलमा क्षेत्रिय कार्यलय स्थापना भएको छ ।

काठमाण्डैमा प्रधान कार्यलय रहेको कामना सेवा बैंकको मंगलबार बुटवल उपमहानगरपालिकाको पुष्पलाल पार्कमा क्षेत्रिय कार्यलय स्थापनागरी कारोवार शुभारम्भ गरेको हो ।

क्षेत्रिय कार्यलयको एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

सो अवसरमा बैंकका अध्यक्ष आचार्यले ग्राहकहरुको सेवा र सुबिधालाई मध्यनजर गरी बैंकले हाल शाखा कार्यालयको रुपमा रहेको कार्यलयलाई नै क्षेत्रिय कार्यलयको रुपमा संस्थागत गरी सेवा बिस्तार गरिएको बताए ।

बैंकबाट हुने हरेक सेवाहरुलाई छिटो छरितो बनाउन र सुबिधा सम्पन्न कार्यलयबाट सेवा प्रवाह गर्न सहज बनाउन पनि बुटवलमा क्षेत्रिय कार्यलयको रुपमा सेवा बिस्तार गरिएको अध्यक्ष आचार्यको भनाई छ ।

व्यबसायको मुख्य आधारको रुपमा रहेको बुटवलमा क्षेत्रिय कार्यलयको शुभारम्भ भएसँगै सेवा प्रबाह अझ व्यबस्थित, छिटो छरितो र सहज हुनुका साथै व्यबसायमा समेत बृद्धि हुने बैंकका कार्यकारी अधिकृत प्रबिण बस्नेतले बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा बैंकका संस्थापकहरु, बैंकका क्षत्रिय प्रमुखहरु, पत्रकार, ग्राहक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कामना बिकास बैंक र सेवा बिकास बैंक एक आपसमा समायोजन भई हाल कामना सेवा बिकास बैंकको रुमपा व्यबसायिक कारोवार गर्दै आएको छ ।