बुटवल,१४ मंसिर ।
रुपन्देहीको कञ्चनमा जारी खुल्ला फुटवल प्रतियोगिता अन्तर्गत दोश्रो चरणको दुई खेलमा हरैया बहुमुखी क्याम्पस र एभरेष्ट एफ.सी. विजयी भएका छन् ।
भैरमघाट बालाचतुर्दशी मेलामा खेलकुद व्यबस्थापन समितिले आयोजना गरेको खुल्ला फुटवल प्रतियोगिताको दोश्रो चरण अन्तर्गत मंगलवार भएका दुई खेलमा हरैया र एभरेष्ट विजयी भएका हुन् ।
आयोजक सेतो र एभरेष्ट एफ.सी. बिच मंगलवार भएको पहिलो खेलमा एभरेष्टका सुनिल थापा र निसान थापाले एक एक गोलगरी आयोजक सेतोलाई २–१ गोल अन्तरले एभरेष्ट विजयी भएको हो ।
खेलको छैठौं मिनेटमा एभरेष्टका सुनिल थापाले गोल गरी टिमलाई अग्रता दिलाएका थिए भने आयोजक सेतोका केशव घर्ति मगरले खेलको २२ औं मिनेटमा गोलगरी खेललाई बराबरी बनाएका थिए । खेलको ३९ औं मिनेटमा एभरेष्टका निसान थापाले गरेको गोल नै एभरेष्टका लागि निर्णायक गोल बन्योे ।
यसैगरी मंगलबारै भएको हरैया एफ.सी र चाँदनी युवा क्लव बिचको दोश्रो खेलमा दुबै समूहवाट १–१ गोल गरी बराबरी भएपछि पेनाल्टी शुटआउटको आधारमा हरैया एफ.सी ५–४ गोल अन्तरले बिजयी भएको हो ।
भोली १५ गते दर्शन एफ.सी. र हरैया बहुमखी क्याम्पस तथा हरैया एफ.सी. र सूर्यमुखी युवा क्लव बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
तियोगितामा विजेता टिमले नगद ४० हजार रुपैया र उपविजेता टिमले नगद २५ हजार रुपैया सहित मेडल र प्रमाण पत्र पाउने छन् ।
त्यस्तै बिधागत रुपमा उत्कृष्ट खेलाडी, सर्बाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकले मेडल र सम्मान पत्र प्राप्त गर्ने भैरमघाट बालाचतुर्दशी मेलामा खेलकुद ब्यबस्थापन समितिका संयोजक हेम बहादुर थापाले जानकारी दिए ।








