बुटवल, १४ मंसिर ।
चितवनमा जारी नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि पुन ः अध्यक्षमा निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी भीम रावललाई भारी मतले हराउँदै ओलीले अध्यक्षमा निर्वाचित भएका हुन् ।

ओलीले १८०८ सय मत ल्याएका छन् भने भीम रावलले २२३ सय मत पाए । अन्तिम मत परिणाम भने घोषणा हुन बाँकी छ ।

अध्यक्ष ओलीले यसपालि सर्वसम्मत नेतृत्व चयनको प्रयत्न गरेका थिए । बन्दसत्रले नै उनलाई ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने अधिकार दिएको थियो ।

त्यहीअनुसार ओलीले सूची पनि बनाएका पनि त्यसप्रति असहमति जनाउँदै रावलले उम्मेदवारी दिएका थिए ।

यसैबीच अध्यक्षमा विजयी भएका ओलीले १८४० ल्याउदा उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा गोकर्ण विष्टले ओलीभन्दा बढी मत ल्याएका छन् ।

ओलीको भन्दा उनीहरूले बढी मत ल्याएर महाधिवेशनमा पपुलर मत भएका छन् । उपाध्यक्षमा निर्वाचित शाक्यले १९७६ र सचिवमा निर्वाचित विष्टले १९७६ मत ल्याएका छन् ।

साथै ओलीभन्दा बढी मत ल्याउने पदाधिकारीमा उपाध्यक्षत्रय सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६ र युवराज ज्ञवालीले १८४२ मत ल्याएका छन् । साथै सचिवमा निर्वाचित योगेश भट्टराईले पनि ओलीको भन्दा बढी मत ल्याएका छन् ।

उनले १९६४ मत पाएका छन् ।
यसअघि ओली नवौं महाधिवेशनमा प्रत्यासी माधवकुमार नेपाललाई हराएर अध्यक्ष निर्वाचित भएका थिए । पहिलो कार्यकाल पार्टी अध्यक्ष हुँदा ओली दुई पटक प्रधानमन्त्री भएका थिए ।

दसौं महाधिवेशनबाट ईश्वर पोखरेल वरिष्ठ अध्यक्ष र शंकर पोखरेल महासचिवमा निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्ष, सचिवलगायत विभिन्न क्लस्टरका केन्द्रीय सदस्यका लागि पनि मतदान भएको थियो ।