;f}/fxf, !@ dªl;/M dxflwj]zg aGb;qsf] k|ltIffdf g]tf tyf sfo{stf{ g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_ sf] bzf}F /fli6«o dxflwj]zgsf] aGb;qsf] k|ltIffdf g]tf tyf sfo{stf{ . tl:a/ M k|bLk/fh jGt÷/f;;

चितवन,१३ मंसिर ।
चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा ३०१ केन्द्रीय पदाधिकारी तथा सदस्य पदका लागि ३३३ जनाको उम्मेदवारी परेको छ ।

महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित तीन सय एक सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

नयाँ नेतृत्वका लागि पदाधिकारीसहित केन्द्रीय समितिमा तीन सय ३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए ।

पदाधिकारीमा २३ तथा केन्द्रीय सदस्यमा तीन सय १० जनाको उम्मेदवारी परेको उनले बताए । अध्यक्षमा दुई, वरिष्ठ उपाध्यक्षमा एक, उपाध्यक्षमा सात, महासचिवमा एक, उपमहासचिवमा तीन तथा सचिवमा नौ जनाको उम्मेदवारी परेको सुब्बाले जानकारी दिए ।

केन्द्रीय पदाधिकारी मध्ये वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेका कारण उनीहरू निर्विरोध भएको सुब्बाले बताए ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल तथा उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल निर्विरोध भएका हुन् ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेका कारण उनिहरूबीच प्रतिस्पर्धा हुने भएको छ । ६ जना उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ । त्यस्तै सात जना सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको सुब्बाले जानकारी दिए ।

केन्द्रीय सदस्यततर्फ भौगोलिक क्षेत्रअनुसार प्रदेश १ खुला ६ जना आवश्यक भएकामा नौ जनाको उम्मेदवारी परेको छ भने तीन जना महिलामा तीन जनाको नै उम्मेदवारी परेको छ । त्यस्तै प्रदेश २ मा खुला ६ मा ६ तथा महिलातर्फ तीनमा तीन जनाको नै उम्मेदवारी परेको छ । वाग्मती प्रदेशबाट पनि खुलातर्फ ६ जना केन्द्रीय सदस्यमा आठ जना तथा महिलातर्फ तीन जनामा तीन जनाकै उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

गण्डकी प्रदेशको ६ जना खुला केन्द्रीय सदस्यमा ६ तथा तीन जना महिला कोटामा तीन जनाकै उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशको ६ जना खुला केन्द्रीय सदस्यमा ६ तथा तीन महिला केन्द्रीय सदस्यमा तीन जनाकै उम्मेदवारी परेको छ । कर्णाली प्रदेशको ६ जना खुला केन्द्रीय सदस्यतर्फ ६ जनाकै र तीन महिला सदस्यका लागि तीन जनाकै उम्मेदवारी परेको छ ।

सुदूरपश्चिम प्रदेशको तीन जना खुला केन्द्रीय सदस्यतर्फ नौ र तीन महिला केन्द्रीय सदस्यतर्फ ६ जनाको उम्मेदवारी परेको सुब्बाले जानकारी दिए । त्यस्तैगरी उपत्यका विशेष खुला सदस्यमा एक र महिला सदस्यमा एक जनाकै उम्मेदवारी परेको छ । सम्पर्क समन्वयतर्फ खुला एकमा एक जनाकै उम्मेदवारी परेको छ भने एक महिला कोटामा दुई जनाको उम्मेदवारी परेको छ ।

समावेशी केन्द्रीय सदस्यतर्फ आदिवासी जनजातिको १७ पदमा १९ जनाको तथा आठ महिला सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको सुब्बाले बताउनुभयो । मधेशीतर्फ १३ जना खुला केन्द्रीय सदस्यमा १५ तथा ६ महिला केन्द्रीय सदस्यमा ६ जनाकै उम्मेदवारी परेको छ । आठ दलित खुलातर्फ ११ जनाको र चार महिलातर्फ चार जनाकै उम्मेदवारी परेको सुब्बाको भनाइ छ ।

त्यसैगरी थारुबाट पाँच खुला केन्द्रीय सदस्यमा ६ तथा दुई जना महिलाको कोटामा तीन जनाको उम्मेदवारी परेको छ । मुस्लिम खुलातर्फ चार जना केन्द्रीय सदस्यमा ६ तथा एक महिला केन्द्रीय सदस्यमा एक जनाकै उम्मेदवारी परेको छ । श्रमिक खुलातर्फ चार जनाको पदमा चार जनाकै र दुई जना महिला कोटामा दुई जनाकै उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

पिछडिएको क्षेत्रबाट खुलाको तीन पदमा पाँच तथा एक महिलाको कोटामा एक जनाकै उम्मेदवारी परेको छ । खुला केन्द्रीय सदस्यको ८४ पदमा ८५ जना तथा महिला आरक्षित ५३ पदमा ५४ जनाको उम्मेदवारी परेको सुब्बाले बताए ।

नेकपा एमालेका तीन वटा केन्द्रीय आयोगमा भने अवाश्यकताअनुसारको पदमा मात्रै उम्मेदवारी परेको छ । पच्चीस सदस्यीय केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका सबै पदमा निर्विरोध भएको उनले बताए । एमालेको केन्द्रीय समितिमा आवश्यक पदअनुसार उम्मेदवारी परेका सबै निर्विरोध निर्वाचित हुने र आवश्यक पदभन्दा बढी उम्मेदवारी परेको पदमा भने निर्वाचन गराइने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।