चितवन,१३ मंसिर । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल निर्विरोध निर्वाचित हुने भएका छन ।
उम्मेदवारी दर्ता गर्ने निर्धारित समय आज बिहान १० बजेसम्म पाेखरेल बाहेक अन्य कसैको उम्मेदवारी नपरेपछि उनि निर्विरोध निर्वाचित हुने भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा उम्मेदवारी परे पनि महासचिवमा भने पोखरेल बाहेक अरू कसैले पनि उम्मेदवारी दर्ता गराएनन् ।