चितवन,१२ मंसिर ।
चितवनको सौराहामा जारी नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र स्थलमा पार्टीका उपाध्यक्ष भीम रावल विरूद्व नाराबाजी भएको छ ।
आइतबार राति नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा
ओली बन्दसत्र स्थलमा पुग्दा कार्कर्ताहरूले उनकाे समर्थन र भीम रावलकाे बिराेधमा नाराबाजी गरेका हुन् ।
सहमतिमा नेतृत्व चयन गर्ने प्रयासमा दिनभर नेताहरुसँग छलफल गरेका ओली राति करिब १० बजे मात्रै बन्दसत्र स्थलमा पुगेका थिए ।

त्यसक्रममा कार्यकर्ताले ‘केपी बा, आई लभ यू’, ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ भन्दै उनको पक्षमा नाराबाजी गरेका हुन् ।

अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावल विरुद्ध पनि
उनीहरुले नारा लगाए । उनीहरुले पार्टी ‘फुटाउने मतियार होसियार’, ‘ओलीसँगको जोरी, त्यही तिम्रो कमजोरी’, ‘भीम रावल गद्दार हो’, ‘नक्कली राष्ट्रवाद, मूर्दावाद’ भन्ने नारा लगाएका थिए ।