चितवन,१२ मंसिर ।
नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रतिनिधिसधभाको दुई पटकको विघटनलाई पुनःस्मरण गरेका छन् ।

नेतृत्व चयनका लागि चितवनमा जारी पार्टीको १० औं महाधिवेशनका क्रममा विकसित घटनाक्रमलाई लिएर उपाध्यक्ष रावलले प्रतिनिधिसधभाको दुई पटकको विघटनलाई पुनःस्मरण गरेका हुन् ।

सहमतिका नाममा नेतृत्वका लागि उम्मेदवारी दिने वातावरण समेत नदेखेपछि रावल दुई÷दुई पटक भएको प्रतिनिधिसधभाको विघटन घटनाको पुन ः स्मरण गर्न बाध्य भएका हुन् ।

महाधिवेशन उद्घाटन भएकै दिन सुरु हुनुपर्ने बन्द सत्र र निर्वाचन सम्बन्धी कार्यक्रम तेस्रो दिन पनि सुरु नहुनु र सहमतिका नाममा नेतृत्वले लोकतान्त्रीक मुल्य मान्यता बिपरितका गतिबिधि गर्न थालेपछि रावलले प्रतिनिधिसधभाको बिघटन र महाधिवेशनमा देखापरेका घटनाक्रमलाई जोडेर बिश्लेषण गर्ने चरणमा पुगेका हुन् ।

महाधिवेशनमा विकसित घटनाक्रमबारे बिश्लेषण गर्दै रावलले भने– ‘यी एक–दुई दिनका घटनाबाट मलाई त के लाग्न थालेको छ भने प्रतिनिधिसधभाका दुईवटा विघटन र यो दुई दिनसम्म उम्मेदवारी दिन नपाउने घटनालाई एकै ठाउँमा राखेर हेर्दा यो लोकतन्त्रलाई सिध्याउन खोजिएको भनेर त्यतिबेला उठेको प्रश्नमा सार्थकता देखिन्छ । म पार्टीको उपाध्यक्षले आफ्नो महाधिवेशनमा उम्मेद्वारी दिनसमेत नपाउने भनेपछि यस्ता नेताले देशको लोकतन्त्रको रक्षा गर्छु, जनताका निम्ति काम गर्छु भन्नु कत्तिको पत्याउने कुरा हो ?’

देशको सबैभन्दा ठूलो पार्टी नेकपा एमालेको महाधिवेशनमा आपत्तिजनक एवं खतरनाक दृश्य देखिएको भन्दै रावलले यो लोकतन्त्रका लागि धेरै नै खतरनाक संकेत भएको टिप्पण्ी गरे ।

महाधिवेशन प्रतिनिधिहरुलाई बेबारिस बनाएर बन्दसत्रलाई तुहाएको रावलको आरोप छ ।
‘दुई दिनसम्म सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई अलपत्र पारेर उनीहरुचाहिँ मान्छे नै हैनन् जस्तो व्यवहार गरेर अहिलेसम्म बन्दसत्र बैठक सुरु भएको छैन । यो लोकतन्त्रका लागि धेरै नै खतरनाक संकेत हो । देशको सबैभन्दा ठूलो पार्टीले यस्तो गर्नु भनेको गैर जिम्मेवार र अत्यन्त आपत्तिजनक कुरा हो’–उनले भने ।
महाधिवेशनमा दुईवटा विषय आपत्तिजनक रहेको रावलको टिप्पणी छ ।
१– देशको सबैभन्दा ठूलो राजनीतिक दलले १० गतेदेखि १२ गतेसम्म महाधिवशेन गर्ने भनेर काठमाडौंबाट सम्पूर्ण योजना बनाएको थियो । खुल्लासत्र १० गते गर्ने र बन्दसत्र ११ गते बिहानदेखि गर्ने निर्णय भएको थियो । मनोनयनसम्बन्धी सम्पूर्ण कार्यक्रम हिजो ११ गते नै गर्ने, उम्मेदवारी फिर्ता लिने पनि ११ गते नै पूरा गर्ने र आज १२ गते बिहान ८ बजेदेखि भोटिङ मेसिनहरुबाट मतदान गर्ने भनेर पार्टीले सारा निर्णय गरेर हामी त्योअनुसार चितवन आएका थियौं ।
तर,
दोस्रो– यो त नेतृत्व चयनको महाधिवेशन हो । हाम्रो देशमा संविधानअनुसार पनि लोकतन्त्र छ, बहुदलीय व्यवस्था छ र मतदान हुन्छ । तर, हाम्रो यहाँ अध्यक्षले हिजो मान्छेको नाम सुनेर ताली बजाउने भन्ने प्रस्ताव विष्णु पौडेलले ल्याउनुभो । यो विष्णु पौडेलले मात्रै ल्याएको होइन, महासचिव र केही उहाँका निकटतम भनिनेहरुको सल्लाहबाट आएजस्तो बुझिन्छ । त्यसको मैले विरोध गरें । विरोध गर्नेमा म एक्लै परें । मैले विरोध गरिसकेपछि त्यो हिजो अगाडि बढेन । त्यसो नगर्ने, उम्मेदवार हुन दिने भन्ने कुरा भयो ।

तर,आज दिनभरि, बिहानदेखि अहिलेसम्म बैठक नगरेर राति धाँधली गर्न, मान्छेलाई दबावमा राख्न र मान्छेलाई त्रसित तुल्याएर सूती पढ्ने भनेको यो त लोकतन्त्रका लागि यति धब्बा हो । कम्युनिस्ट पार्टीका लागि त यो लाजमर्दो कुरा हो ।