काठमाण्डौ,१२ मंसिर ।
नेपालमा आइतबार थप १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ६ हजार ६०४ र एन्टिजेन विधिबाट २ हजार ३१४ जनामा परिक्षण गर्दा १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआर बिधिबाट ८ लाख २० हजार ८७८ र एन्टिजेन बिधिबाट ९५ हजार ४७२ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३४२ जना कोरोना संक्रमित निको भएका छन भने २ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ८ लाख २ हजार ३८९ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ५२३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल नेपालमा कोरोना संक्रमित निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
देशभर हाल सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ रहेको छ ।






