काठमाडौं,११ मंसिर ।
नेपालमा शनिबार थप २१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६३२ नमुना परीक्षण गर्दा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना संक्रमित निको भएका छन भने ३ जानाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ११ हजार ५२१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ७ हजार १५६ रहेको छ ।






