बुटवल,११ मंसिर ।
विद्यालयहरुमा मानसिक स्वास्थ्य बिषयमा पनि पठनपाठन गराउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

सम्भाव्य फाउण्डेशनद्धारा शनिबार रुपन्देहीको ड्राइभरटोलमा आयोजित यस क्षेत्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले उक्त कुरामा जोड दिएका हुन् ।

समयमै मनोसामाजिक परामर्श नपाउदा बालबालिकाहरु अटिजम जस्ता रोगबाट ग्रसीत हुनेगरेको भन्दै उनिहरुले विद्यालयहरुमा मानसिक स्वास्थ्य सम्बन्धी बिषयमा पनि पठनपाठन गराउनुपर्ने आवस्यकता औल्याए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक संजेश श्रेष्ठले संस्थागत विद्यालयहरुमा एक नर्स र एक मनोसामाजिक परामर्शदाता नियुक्त गर्नुपर्ने राज्यको पोलिसी भए पनि नगण्य विद्यालयले मात्रै नर्स र मनोसामाजिक परामर्शदाता नियुक्त गरेको बताए ।

कोरोना महामारीपछि बालबालिकाहरुमा मनोवैज्ञानिक असर परेको भन्दै उनले अहिलेको अवस्थामा विद्यालयहरुमा मानसिक स्वास्थ्य बिषयमा अध्यापन गराउनु थप उपयोगि हुने बिचार व्यक्त गरे ।

सहभागि संस्थागत विद्यालयका प्रधानाध्यापकहरुले भने विद्यालयमा मनोपरामर्शदाता तथा नर्स नियुक्त गर्नु सान्दर्भीक रहे पनि सबै विद्यालयले त्यस्तो व्यवस्था गर्न सक्ने अवस्था नरहेको बताएका थिए ।

सम्भाव्य फाउण्डेशनका अध्यक्ष अनिलकुमार प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेशनका रन्जीता महर्जन,साबित्री सोमरे थापा,न्यू पायोनियर का प्रिन्सिपल प्रभा श्रेत्री , सिद्धार्थ ईग्लिंस बोर्डिंग स्कूलका प्रिन्सिपल यम बहादुर राना , एपेक्स ईग्लिस र्बोिङ्गगका प्रिन्सिप दिपक गौतम ,अक्सफोर्ड ईग्लिस बोर्डिङ्गका टिकाराम न्यापाने लगायतले आ आफ्नो भनाई राखेका थिए ।