काठमाण्डौ,१० मंसिर ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण दर घटेर साढे दुई प्रतिशत नजिक पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी १० हजार ४४६ जनाको नमुना परीक्षण गर्दा दुई दशमलव ५८ प्रतिशत अर्थात् २७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख २० हजार ५२७ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९५ हजार ४५२ जना गरी नौं लाख १५ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित निको भएका छन् ।
नेपालमा अहिलेसम्म आठ लाख एक हजार ७२२ जना कोरोना संक्रमित निको भएका छन् ।
यही अवधिमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ११ हजार ५१८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल नेपालमा सात हजार २८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक लाख ९६ हजार आठ सय ५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या ८२ लाख ३७ हजार ३३७ जना र कम्तीमा एक मात्रा खोप लगाउनेको संख्या ९४ लाख ८१ हजार ३९ जना पुगेको मन्त्रालयले जनाएको छ ।






