चितवन,१० मंसिर ।
नेकपा एमालेको १०औं महाधिवेशन उद्घाटन समारोह चितवनमा सुरू भएको छ ।

नारायणी नदी किनारमा बनाइएको मञ्चमा हजारौंको उपस्थितिमा उदघाटन सुरु भएको हो।

महाधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गदैछन् ।

उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनलाई सम्बोधन गर्न उनिहरु चितवन पुगिसकेका छन् ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि चितवन पुगिसकेका छन् ।

एमाले महाधिवेशनलाई शुभकामना दिन भारत लगायत चार देशका विभिन्न दलका १५ जना अतिथिहरू चितवन आएका छन् ।