बुटवल,९ मंसिर ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको पूर्वी बुटवल टोल समिति गठन भएको छ ।

विहिवार एक कार्यक्रमका बिच बुटवलको गोलपार्क, अमरपथ, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर, दिपनगर क्षेत्रलाई समेटी टोल समिति गठन गरिएको संघले जनाएको छ ।

भेलाले एकदेव पाण्डे (सुरज) को अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा द्घारीकाप्रसाद न्यौपाने, सचिवमा कृष्ण अधिकारी, सह–सचिवमा होम बहादुर के.सी.,कोषाध्यक्षमा मन्जु पन्थ चयन भएका छन् ।
समितिको सदस्यमा ध्रुव पोख्रेल, शर्मिला अधिकारी, कृष्ण कुँवर, अनिता सेरचन, बलराम पाण्डे, जमान सिंह गुरुङ्ग, नारायण न्यौपाने, सावित्रा भण्डारी, प्रेमलाल चालिसे, सुर्दसन खनाल, अर्जुन अधिकारी, जिवन अर्याल, कैलाश भण्डारी तथा सल्लाहकारमा पदम न्यौपाने, यमलाल मरासिनी, यज्ञमूर्ति भण्डारी चयन भएको संघले जनाएको छ ।

सो अवसरमा अध्यक्ष रामप्रसाद गौतमले व्यवसायीको हकहितका लागि टोल टोलमा समिती गठन गरीएको बताए ।

संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतमले कोरोना महामारीले थला पारेको समयमा स्थानीय तहले व्यवसायीलाई राहात प्रदान गर्नुको साटो कर बढाएर समस्या पारेको गुनासो गरेको संघका सदस्य माधव ढकालले जानकारी दिए ।