काठमाडौं,९ मंसिर ।
नेपालमा बिहिबार थप ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार १०४ पीसीआर परीक्षण गर्दा २८१ जना र १ हजार ८०५ एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ७०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २९८ रहेको छ भने संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७ हजार ३४९ रहेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५ज्ञट पुगेको छ भने ८ लाख १ हजार ४२० जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल ६ हजार ९६१ जना होम आइसोलेसनमा रहेका छन् भने ३८८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९७ जना आईसीयू र ४१ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
यस्तै १० वर्ष मुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आज कुन जिल्लामा कति जनामा संक्रमण ?
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार सबैभन्दा धेरै काठमाडौंमा ७८, ललितपुरमा ७८, मोरङमा १९, चितवनमा १७, भक्तपुरमा १६, झापामा ११ र रुपन्देहीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।






