काठमाण्डौ,८ मंसिर ।
नेपालमा बुधबार थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी नौ हजार ९२० जनाको नमुना परीक्षण गर्दा ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख २० हजार चार जना र एन्टिजेन विधिबाट ९५ हजार ३९७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म आठ लाख एक हजार १२२ जना कोरोना संक्रमित निको भएको छ ।

सोही अवधिमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ११ हजार ५१३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर सात हजार ३६९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार २६२ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।