बुटवल,७ मंसिर ।
सरूवा भएर पनि कर्मचारी सरूवा भएको ठाउँमा नगई अटेरी गर्ने प्रबृत्ति रूपन्देहीमा पनि देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा राजेन्द्र कुमार गिरीलाई मुख्यमन्त्री कार्यालयले जिल्ला स्वास्थ्य कार्यालय पाल्पा सरुवा गरेको दुई महिना भन्दा वढि भयो । तर डा गिरीले सरकारले गरेको निर्णयको टेरपुच्छर लगाएका छैनन् ।
वरु उल्टै सरुवा भैसकेको कार्यालय रुपन्देहीमै वसेर सेवा सुविधा लिईरहेका छन् । सरकारी नियम अनुशार नै उनको सरुवा भएको ६८ दिन भएको छ । त्यति मात्र होइृन उनलाई आफ्नो कार्यालयमा जान ताकेता भएको छ । त्यति गर्दा पनि न त उनि पाल्पा पुगेका छन् न त उनको ठांउमा आएका कार्मचारीले काम गर्न पाएका छन् । रुकुम पुर्ववाट सरुवा भएर आएका गौरव ढकालले जिम्मेबारी पाएका छैनन् । उता पाल्पामा सरुवा भएर जाने कर्मचारी नगएपछि सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य जस्तो संवेदनशिल स्थानका कर्मचारीहरुले नै अटेरी गरेपछि नागरिकहरुमा त्यसको प्रतक्ष असर पुगेको छ ।

सरकारी निर्णयको अटेरी गर्ने क्रममा पछिल्लो समय वढेको छ । जसका कारण सरकारी कार्यसम्पदानमा गंभिर असर पुगेको एक कर्मचारीले बताए ।
त्यस बिषयमा जिज्ञासा राख्दा स्वास्थ्य कार्यालय प्रमुख गिरीले भने आफू सरूवा भएको पत्र नपाएको प्रतिक्रिया दिए ।