काठमाडौं, ६ मंसिर ।
नेपालमा सोमबार थप ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ९२१ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र २ हजार ७७६ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ३८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ७१८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २५८ जना कोरोना संक्रमित निको भएका छन भने ४ जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ८ लाख ६१७ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ५ सय जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २६९ जना रहेको छ । जसमध्ये ६ हजार ८२७ जना होम आइसोलेसनमा रहेका छन् भने ४४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।