बुटवल,५ मंसिर ।
नेपालमा आइतबार थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ८४५ र एन्टिजेन विधिबाट १ हजार २७८ जनामा परिक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआर बिधिबाट ८ लाख १९ हजार १९ र एन्टिजेन बिधिबाट ९५ हजार ३१४ जना पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ३७० जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ७ लाख ८० हजार ३५९ जना कोरोना संक्रमित निको भएका छन् ।
हाल नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ११ हजार ४९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १६४ रहेको छ ।






