बुटवल ४ मंसिर
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्,रुपन्देहीको चौथा साधारण सभा मौजुदा कार्यसमितिलाई एक कार्यकाल थप गर्ने निर्णय गदैं सम्पन्न भएको छ ।
शनिबार बुटवलमा सम्पन्न साधारणसभाले परिषद्को मौजुदा जिल्ला कार्यसमितिलाई एक कार्यकाल निरन्तरता दिने प्रस्ताव अनुमोदन गरेपछि समितिले निरन्तरता पाएको हो ।
चार वर्षे कालकालका लागि तेस्रो साधारण सभाले बिमला गुरुङको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको थियो ।
साधारण सभाले अनुमोदन गरेको कार्यसमितिलाई केन्द्रीय समितिमा जानकारी गराइने सचिव ओमप्रकाश गुरुङले जानकारी दिए ।
त्यस्तै साधारण सभाले सचिव ओमप्रकाश गुरुङको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मनप्रसाद गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
कार्यसमितिले भावी योजना अन्तरगत तीन वर्षभित्र रामनगरमा निर्माण भैरहेको तमु सास्कृतिक सभा हल सम्पन्न गर्ने जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारबाट प्राप्त ३० लाख र परिषद्का नगर तथा इकाईबाट संकलन गरिएको रकमले सभा हल निर्माण भेरहेको हो ।
परिषद्सकाे सभा हल बनाउंनका लागि संघीय सरकारबाट ५० लाख विनियोजन गरिएको र थप बजेटका लागि नेपाल सरकारसंग दश करोड बराबरको बहुंवर्षिय परियोजना पेश गरिएको अध्यक्ष बिमला गुरुङले बताइन् ।
परिषद्ले बुटवल उपमहानगरबाट प्राप्त १५ लाखले गुरुङडाडामा लास जलाउंने भट्टी निर्माण र गुरुङडाडासम्म मोटरबाटो खन्नका लागि प्राप्त तीन लाखले काम अगाडि बढाइने जनाएको छ ।यसअघि साधारण सभाको उद्घाटन गदैं लुम्बिनी प्रदेशका श्रम–रोजगार तथा यातायात मन्त्री पुरमति ढेंगाले संघ–संस्थामा राजनीति प्रवेश गराउंन नहुंनेमा जोड दिइन् । पार्टी परिवर्तन गर्न सकिने तर जाति परिवर्तन गर्न नसकिने भन्दैं पार्टीको भन्दा जातिको विकासमा ध्यान दिन आग्रह गरिन् ।परिषद्का अध्यक्ष बिमला गुरुङको अध्यक्षता,सचिव ओमप्रकास गुरुङको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष रामबहादुर गुरुङको स्वागतमा भएको कार्यक्रममा तमु ह्युल छोंज धी.गुरुङ राष्ट्रिय संरक्षण परिषद्की सभापति माया गुरुङ,परिषद्का आर्थिक सल्लाकार क्या.टेकबहादुर गुरुङ,प्रदेश सचिव लालबहादुर गुरुङ,लेखा समितिका संयोजक मोहनसिंह गुरुङ,खेमा भाषाका अभियान्ता भीम गुरुङ,सिद्धार्थनगर समितिकी अध्यक्ष देबि गुरुङ,बदेलपोखरी इकाई अध्यक्ष क्या झलबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।कार्यक्रममा केन्द्रीय संरक्षण समितिकी सभापति माया गुरुङलेबोल्नुभएको थियो ।कार्यक्रममा केन्द्रीय संरक्षण समितिकी सभापति माया गुरुङले परिषद्लाई एक लाख सहयोग गरेकी छन भने संस्थालाई सहयोग गर्ने डेढ दर्जन बढिलाई सम्मान गरिएको थियो ।






