काठमाण्डाै,३ मंसिर । नेपालमा शुक्रबार थप २९६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार ७७७ जनाको पीसीआर परीक्षण गर्दा २७१ जना र १ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जना गरी २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ८५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३६९ जना काेराेना संक्रमित निकाे भएका छन् भने ५ जना कोरोना संक्रमितकाे मृत्यु भएको छ ।
नेपालमा हालसम्म ७ लाख ९९ हजार ५४५ जना संक्रमित निकाे भएका छन भने ११ हजार ४९४ जना संक्रमितको मृत्युु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३९ जना रहेका छन् । जसमध्ये ७ हजार ०६० जना होम आइसोलेसनमा रहेका छन् भने ४७९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३१ जना आईसीयू र ५६ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
यस्तै १० वर्ष मुनिका ९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज कुन जिल्लामा कति जनामा संक्रमण पुष्टि ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९१, झापामा २६, मोरङमा २३, ललितपुरमा १९, चितवन र कास्कीमा १५/१५ जना, भक्तपुरमा १० र रुपन्देहीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।






