बुटवल,९ असाेज ।
बुटवलमा भाेलि शनिबारदेखि हाेराइजन जिबिएस कप फुटसल प्रतियोगिता सुरु हुने भएको छ ।

होराइजन जिबिएस संस्थाले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो ।

यस क्षेत्रकाे अग्रणी शिक्षण संस्था होराइजन जिबिएसकाे आयोजना र सम्पदा अंकित स्पाेर्टस बुटवलको सहकार्यमा आयोजित जिल्ला स्तरीय अन्तर विद्यालय शिक्षक तथा कर्मचारी फुटसल प्रतियोगितामा २२ टिमको सहभागीता रहने कार्यक्रम संयोजक बिक्रम गुरूङले जानकारी दिए ।

पत्रकार सम्मेलनमा होराइजन जिबिएसका प्राचार्य गाेपाल प्रसाद आचार्यले खेलकुद मार्फत शिक्षक तथा कर्मचारीहरूकाे शैक्षिक स्फुर्ती बृद्वि गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको भन्दै यसले विद्यालयहरूबीच भाइचाराकाे सम्बन्ध थप प्रगाढ हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रम संयोजक बिक्रम गुरूङकाे सभापतित्व र होराइजन जिबिएसका प्राचार्य आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा होराइजन जिबिएसका एकेडेमीक निर्देशक जिवनाथ भण्डारी,रेफ्रि बबि छन्त्याल,बुद्धिध्वज खाँणलगायतले प्रतियोगिताको उदेश्य र महत्त्व बारे आ आफ्नो भनाइ राखेका थिए ।

स्वर्णिम फुटसल योगिकुटीमा सञ्चालन हुने प्रतियोगिताको
विजेताले ४० हजार र उपविजेताले २० हजार पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक गुरूङले बताए ।

विजेता र उपविजेताका अलावा प्रतियोगितामा वेष्ट प्लेयरले २ हजार ५ सय,वेष्ट किपरले १ हजार ५ सय र हाई स्काेररले १ हजार ५ सय पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएकाे छ ।