काठमाण्डौं,३ मंसिर । आज लुम्बिनीसहित पाँच प्रदेशमा वर्षाकाे सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।
अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेकोले आज दिउँसो लुम्बिनी, गण्डकी,सुदूरपश्चिम, कर्णाली प्रदेश र बागमतीका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।
बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।







