राेल्पा,१७ वैशाख ।
रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना हुँदा १५ जना गम्भीर घाइते भएका छन् ।

जिप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार कार्य जारी रहेको र १ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

दुर्घटनास्थलमा भारी वर्षा भएकोले उद्धारमा कठिनाइ भएको बताइएको छ । भोलि जलजलामा मेला लाग्ने र सोही मेला भर्न गएकाहरू चढेको जिप दुर्घटना भएको रोल्पाका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।