काठमाडौं,१ मंसिर ।
नेपालमा बुधबार थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार १०६ र एन्टिजेन विधिबाट १ हजार ८८७ जनामा परिक्षण गर्दा ४१६ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआर बिधिबाट ८ लाख १८ हजार ३५ र एन्टिजेन बिधिबाट ९५ हजार २२३ जना पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २०२ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ७ लाख ९८ हजार ९१६ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ४८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको छ ।