बुटवल,१ मंसिर ।
रुपन्देहीको कञ्चनमा रहेको कञ्चन जेसिज बर्ष २०२१ को आयोजनामा कञ्चन जेसिजको ब्राण्डको रुपमा रहेको भ्वाइस अफ कञ्चन सिजन ३ को लागि छनौट चरणको कार्यक्रम बुधवार देखि शुरु भएको छ ।

कञ्चन जेसिजका संस्थापक अधयक्ष चुडामणी पौडेलको परिकल्पनामा संचालन गरिएको भ्वाइस अफ कञ्चन सिजन ३ को छनौट प्रतियोगिता लुम्बिनी ज्ञान निकेतन माध्यमिक विधालयमा शुरु गरिएको हो ।

कञ्चन ३, ४ र ५ का सामुदायिक तथा संस्थागत विधालयहरुबाट १५ जना विधार्थीहरुको सहभागिता जनाएका थिए ।

भ्वाइस अफ कञ्चन सिजन ३ को शुभारम्भ कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष तथा बर्ष २०२१ का आई पि पि बावुराम पौडेलले गरे ।

प्रतियोगिताको शुभारम्भ गर्दै आई पि पि पौडेलले बिधार्थीहरुमा अनेक प्रतिभा र क्षमताहरु लुकेको हुने र प्रस्फुटन गर्ने ठाउ पाएमा उनिहरुको जिवनमा अकल्पनिय परिबर्तन आउन सक्ने बताए । बिधार्थी भित्र हुने असिमित क्षमतालाई प्रस्तुत गर्ने खुल्ला मञ्चको रुपमा कञ्चन जेसिजले ब्राण्डको रुपमा भ्वाइस अफ कञ्चनको परिकल्पना गरिएको कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष तथा बर्ष २०२१ का आई पि पि पौडेलले उल्लेख गरे ।

कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष राधिका चौधरीले विधालयमा गुणस्तरीय शिक्षा दिलाउन अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिइन् ।

विधार्थीहरुको प्रतिभालाई उजागर गराउन र बिषयबस्तु माथी तर्कपुर्ण बहस गर्न सक्ने प्रतिभाहरुको उत्पादनमा सहयोग गराउने उद्धेश्यका साथ वक्तृत्व कला प्रतियोगितामा भ्वाइस अफ कञ्चन परिकल्पना गरिएको उनले बताइन् ।

पहिलो छनौट प्रतियोगितामा मलावरदेबी माध्यमिक विधालयबाट एलिना पुरी, शान्ती भुमि आधारभुत विधालयबाट करिना सापकोटा र किरन सापकोटा, सरस्वती माध्यमिक विधालयबाट सृजना रिजाल र प्रभाव आचार्य, शिसुसदन आधारभुत विधालयबाट सुकमाया श्रेष्ठ र आस्था सुनार, बुद्धदीप बोर्डिङ्ग स्कुलबाट दिपिसा भट्टराई र पुर्णिमा थापा, हरैया माध्यमिक विधालयबाट चिरञ्जिवी ढकाल र सिता पौडेल, लुम्बिनी ज्ञान निकेतन माधयमिक विधालयबाट बर्षा कुंवर र पवन सुवेदी, र झागैरा जनचाहना बोर्डिङ्ग स्कुलबाट रिता शर्मा र रोशा पौडेल सहभागी भएका थिए ।

सहभागीहरु मध्येबाट उत्कृष्ट ७ जनालाई मंसिर ११ गते हुने भ्वाइस अफ कञ्चन सिजन ३ को अन्तिम प्रतिस्पर्धामा सहभागी हुने छन् । लुम्बिनी ज्ञान निकेतन माध्यमिक विधालयमा भएको छनौट प्रतियोगिताबाट अन्तिम प्रतिस्पर्धामा सहभागीका लागि सुजना रिजाल, सिता पौडेल, प्रभाव आचार्य, पुर्णिमा थापा, आस्था सुनार, पवन सुवेदी रिता शर्मा छनौट भएका छन् ।

दोश्रो छनौट भोली मंसिर २ गते गजेडी माध्यमिक विधालयमा हुने जनाइएको छ ।