काठमाडौं,१ मंसिर ।
नेपाल बारको धर्ना जारी रहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नौ इजलासमा पेसी ताेके पनि आफ्नो लागि भने कुनै पनि इजलास तोकेका छैनन् ।

आज तोकिएकामध्ये सात संयुक्त र दुई एकल इजलास छन् । इजलासमा पेसी तोकिए पनि अहिलेसम्म सुनुवाइ प्रारम्भ भएको छैन ।

प्रधानन्यायाधीश राणा मन्त्रिपरिषद सदस्यमा भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरु बहस पैरवी रोकेर आन्दोलनमा छन् । आन्दोलनका कारण गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीका मुद्दामा मात्र सुनुवाइ भएको छ ।

प्रधानन्यायाधीश राणासँग असन्तुष्ट रहेका न्यायाधीशहरु पनि इजलासमा बसेका छैनन् ।