काठमाडौं,३० कार्तिक ।
नेपालमा मंगलबार थप ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ५०५ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ६४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १७० जना कोरोना संक्रमित निको भएका छन भने ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपाल हालसम्म ७ लाख ९८ हजार ७१४ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ४८२ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ जना रहेका छन् । जसमध्ये ६ हजार ९८४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २१९ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

यस्तै १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।